Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • नारायणकाजीले आसेपासेका नाममा अर्बौ सम्पत्ति जम्मा गरेको बाबुरामको आरोप

    नारायणकाजीले आसेपासेका नाममा अर्बौ सम्पत्ति जम्मा गरेको बाबुरामको आरोप

    अनलाइन नेपाल
  • सोमबार, २९ मंसिर २०७७
  • 3.8K
    SHARES

    काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले रातारात करोडौं सम्पत्ति जम्मा गरेको उनैका पूर्व सहकर्मी तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आरोप लगाएका छन् ।

    नेकपाका प्रवक्ता एवम् राष्ट्रिय सभाका सांसद  श्रेष्ठको व्यक्तिगत गतिविधि र चरित्रलाई लिएर अहिले सामाजिक सन्जालबाट गम्भीर प्रश्न उठेका छन् ।



    एक हाइड्रोपावरको विवादमा मुछिएका बेला भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै  आसेपासेका नाममा रातारात करोडौं सम्पत्ति जम्मा गर्नु ‘क्रोनी क्यापिटालिज्म’ रहेको जनाएका छन् ।



    नारायणकाजीप्रति लक्षित गर्दै उनले लेखेका छन्, ‘आफ्नो नाममा कुनै देखल सम्पत्ति नराख्ने ! वैधानिक तलबभत्ता नलिएर वाहवाही कमाउने ! आसेपासेहरूका नाममा रातारात करोडौं/अरबौं सम्पत्ति जम्मा हुने ! उनीहरूका विवादमा मध्यस्थता गर्ने ! ऐय्यासी जीवन बिताउने ! यही त हो क्रोनी क्यापिटालिज्म कणहरू ! एकअर्कालाई ढाकछोप गरौं ! नेपाली विशेषताको समाजवाद। ?’

    कोरोना संक्रमणका कारण मृत्‍यु भएका केन्द्रीय सदस्य कमानसिंह लामासँग नारायणकाजीले पैसाका विषयमा कुराकानी गरिरहेको अडियो भिडियो सार्वजनिक भएपछि श्रेष्ठमाथि माथि छानविन हुनुपर्ने मागसहित हिजो बालुवाटारमा प्रदर्शन भएको थियो ।

    सामाजिक सन्जालमा कोरोना संक्रमणका कारण मृत्‍यु भएका नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाकी कान्छी पत्नी इन्द्रमायासँग नारायणकाजीले बिदेशमा घुमेका तस्बिरहरु अहिले भाइरल बनेका छन्।

    नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने हिजोको स्थायी समितीको बैठकमा नारायणकाजी श्रेष्ठ र सुसन कर्माचार्यलाई निर्दोश भन्दै  बचाउ गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार