कैलाली । कैलालीमा थप २ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार गोदावरी नगरपालिका-१ की ७५ बर्षीया महिला र धनगढी उपमहानगरपालिका-१ की ५५ बर्षीया महिलाको आइतबार मृत्यु भएको हो ।
७५ बर्षीया महिलामा मंसिर २१ गते कोरोना पुस्टी भएकाे थियाे । उनकाे भेन्टिलेटरमा राखेर उपचार भइरहेको र उपचारको क्रममा आज बिहान ८ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएकाे छ।
त्यस्तै ५५ बर्षीया महिलामा मंसिर २२ मा कोरोना पुष्टि भएकाे थियाे । उनकाे भेन्टिलेटरमा राखेर उपचार क्रममा आज दिउँसो १२ बजेर १० मिनेटमा मृत्यु भएको हाे ।
Leave a Reply