Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • यी हुन् गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने व्यक्तिहरु

    यी हुन् गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने व्यक्तिहरु

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाडौं । भक्तपुरस्थित पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा पक्राउ परेका तीन जनाको पहिचान खुलाइएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार पक्राउ पर्नेमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी, अमृत कुमाल र कालिकोटका टेक लोहार (भिसेक गिरी) रहेका छन् ।

    उनीहरुलाई प्रहरीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको थियो । गत फागुन २८ गते पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट भएको थियो । सोही दिन विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले देवी बहादुर गुरुङलाई पक्राउ गरेको थियो । उनी विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।



    पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा प्रेसर कुकर बम बिस्फोट भएको थियो । विप्लव नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटलामा संलग्न भएको सहित १० कारणले घरमा बम हान्नु परेको जनाएको छ ।



    पूर्वमन्त्री बाँस्कोटाको घरको भुइँ तलामा बम बिस्फोट भएको थियो भने बम बिस्फोटबाट एउटा मारुती कार पूर्ण क्षतिग्रस्त भएको थियो। मन्त्री बाँस्कोटा निवाससँगै रहेका अन्य घरमा समेत सामान्य क्षति भएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार