काठमाडाैं – चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न नेपालमा पनि विभिन्र उपायहरू अवलम्बन अपनाइएकाे छ। साेही क्रममा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले अभियान थालेको छ ।
यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गर्दै बसपार्क, भिडभाड हुने क्षेत्र र मुख्य चोकहरूमा सन्देशमूलक प्लेकार्डसहित ट्राफिक प्रहरी बस्न थालेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं, ललितपुर र भक्तपुरका ५१ स्थानमा दुई सयभन्दा बढी ट्राफिक प्रहरीलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन सचेतनाका लागि खटाएको हो ।
Leave a Reply