Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • भारतसँग सीमा बन्द गर्न पत्र

    भारतसँग सीमा बन्द गर्न पत्र

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 1.5K
    SHARES

    काठमाडाैँ । कोरोना संक्रमणको बढ्दो जोखिमसँगै दक्षिणी छिमेकी भारतसँगका सम्पूर्ण खुला सीमा निश्चित समयका लागि सिल गर्ने सहितको प्रस्ताव नेपालले भारतलाई पठाएको कान्तिपुर दैनिकमा छ ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणको गाम्भीर्य र त्रासदीपूर्ण स्थितिमाझ नेपाल–भारत खुला सीमाबारे ‘थप गम्भीर’ हुनैपर्ने बताउँदै नेपालले सीमा व्यवस्थापनबारे साझा धारणा बनाउन भारतलाई पठाएको प्रस्तावमा ‘जवाफ नसकेको’ बताए ।



    ‘नेपाल र भारत दुवैतर्फ स्थिति भनरेबल बनिसकेको छ, खुला सीमामा कडाइका साथ व्यवस्थापन र अनुगमन हुनैपर्छ,’ मन्त्री ज्ञवालीले भने । यो सातादेखि सुनौली, काँकडभिट्टा, जोगबनी र गड्डाचौकी स्थल नाकाबाट मात्र दुईदेशीय नागरिक आवतजावत गर्न दिइने भनिए पनि निर्णय उपयोगी देखिन सकेको छैन ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार