Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • २७ गतेबाट हुने गौतम बुद्ध कपका लागि ३ टिमको घोषणा

    २७ गतेबाट हुने गौतम बुद्ध कपका लागि ३ टिमको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, २४ मंसिर २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । गौतम बुद्ध कप क्रिकेटको लागि तीन टोलीको घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघको आयोजनामा यही मंसिर २७ गतेदेखि चितवनमा हुने क्रिकेटको प्रतियाेगिताकाे लागि आयोजकले बुधबार बागमती, राप्ती र नारायणी नामको तीन टोलीको घोषणा गरेको हो ।

    राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले बागमतीको कप्तानी गर्नेछन् भने अलराउण्डर पारस खडकाले नारायणी टिमको कप्तानी गर्नेछन् । यस्तै विनोद भण्डारीले भेरीको कप्तानी गर्नेछन् । तीनवटै टिममा समान १४ खेलाडी रहेका छन् ।



    राष्ट्रिय टिमका सदस्य युवा लेग स्पीनर सन्दीप लामिछाने भने बिग बास लिग बीबीएल खेल्न अस्ट्रेलिया जाने भएकोले गौतमबुद्ध कप खेल्ने छैनन् । उनी अर्को साता अस्ट्रेलिया जाँदैछन् । बिग लिगको १०औं संस्करण भने बिहीबारदेखि सुरु हुँदैछ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार