काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
दुई नेताबीच पौने १ घण्टा बालुवाटारमा भेटवार्ता भएको भएको थियो । भेटवार्तामा ओलीले दुई अध्यक्ष बीच मिल्दा पार्टीमा देखिएको संकट हल हुने बताएका थिए।
दुई नेताबीच गत २० भेटवार्ता भएको थियो ।
स्रोतका अनुसार ओलीले प्रचण्डसँग मिलेर जान आफू तयार रहेको बताएका थिए । ओलीलाई भेट्नजानु अघि प्रचण्डले नेताहरुसँग परामर्श गरेका थिए । तर आजको वार्तामा भने कुनै सहमति जुट्न सकेन।
बरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरुसँग बनाइएको गठबन्धन तोड्नुपर्ने ओलीको शर्त थियो । नेकपामा अध्यक्षबीच प्रतिवेदनको विषयलाई लिएर विवाद चलिरहेकाे छ।
Leave a Reply