Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कोरोना खोप नेपाल ल्याउन सरकारले पहल गरिरहेको छ : मन्त्री गुरुङ

    कोरोना खोप नेपाल ल्याउन सरकारले पहल गरिरहेको छ : मन्त्री गुरुङ

    अनलाइन नेपाल
  • बुधबार, २४ मंसिर २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाली जनताले पनि काेराेना खोपको उपभोग छिट्टै पाउने गरी आवश्यक व्यवस्था मिलाउन सरकार लागिपरेको बताएका छन् ।

    बहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा बुधबार आयोजित ‘भर्चुअल’ कार्यक्रममा मन्त्री गुरुङले जनतालाई निराश हुन नदिन तथा उनीहरुलाई राष्ट्र निर्माणका अभियानमा सम्पूर्ण रुपले सहभागी गराउन सरकारले पहल गरिरहेको बताए ।



    फरक प्रसङ्गमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त भएकाे बताएका छन् ।



    “सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त हो, त्यसलाई प्रभावकारी रुपमा अघि बढाउन मानवअधिकारकर्मी र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुन्छ ।”

    मानवाधिकार हनन नहुने गरी जनतालाई सुुसूचित गराउन गाउँगाउँमा इन्टरनेट सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार