Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • नक्कली लाइसेन्ससहित एक जना पक्राउ

    नक्कली लाइसेन्ससहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २४ मंसिर २०७७
  • 2K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३८ थान नक्कली चालक अनुमतिपत्रसहित एक जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सांगाचोकगडी नगरपालिका-१२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-७ बस्ने २८ वर्षीय आशिष गिरी रहेका प्रहरीले जनाएकाे छ।



    महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाईको टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।



    उनको साथबाट नक्कली लाइसेन्ससहित मोटरसाइकल, विभन्नि बैंकका चेक समेत बरामद भएको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार