Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • दोस्रो पटक पार्टी एकता गर्दै साझा र विवेकशील

    दोस्रो पटक पार्टी एकता गर्दै साझा र विवेकशील

    अनलाइन नेपाल
  • बुधबार, २४ मंसिर २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच आज दाेस्राे पटक पार्टी एकता हुँदैछ । सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहनेगरी दुईदलबीच बुधबार दिउँसो ३ बजे एक कार्यक्रमकाबीच पार्टी एकता हुन लागेकाे हाे ।

    पहिलाे पटक एकता भएको २३ महिनापछि फेरि जोडिन लागेका यी दुई दलले विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमायाचना गर्ने प्रयत्न गर्नेगरी एकतामा जुटेको बताएका छन् ।



    पार्टी एकताका लागि दिउँसो ३ बजे भर्चुअलमाध्यमबाट एकीकरण घोषणा हुने साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जानकारी दिए ।



    यसअघि पार्टी एकीकरणको १६ महिनापछि गत २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो । यी दुई पार्टीबीच एकता भएपछि पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै हुनेछ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार