Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • विदेश जानबाट वञ्चित नेपालीलाई सरकारले रोजगार दिने

    विदेश जानबाट वञ्चित नेपालीलाई सरकारले रोजगार दिने

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । कोरोना भाइरसका कारण विदेश जान नपाएका नेपाली श्रमिकलाई सरकारले रोजगार प्रदान गर्ने भएको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसको संक्रमण रोकथा‍म तथा नियन्त्रणका लागि सरकारले विदेश जाने र आउनेलाई रोकेको भन्दै काम गर्न जान नपाएकालाई रोजगारी दिने बताए ।

    सरकारका निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा डा खतिवडाले विदेश काम गर्न जान नपाएकालाई सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी दिने बताए ।



    ‘काम गर्ने चाहने व्यक्तिले प्रधानमन्त्री रोजगार कार्यक्रममा नाम सूचीकृत गर्नुभयो भने सरकारले त्यस्ता व्यक्तिलाई रोजगार दिन्छ,’ मन्त्री खतिवडाले । उनले अहिलेको अवस्थामा साना काम गर्न चाहनेलाई सरकारले रोजगार दिनसक्ने बताए । तर टेबुल वर्क मात्र गर्छु भन्नेलाई सरकारले रोजगारी दिन नसक्ने उनको भनाइ छ ।



    बुधवार सरकारले विदेशबाट आउने यात्रुलाई रोक लगाएको थियो भने यसअघि नै सरकारले श्रम स्वीकृती रोकेका कारण वैदेशिक रोजगारीका लागि जान खोज्नेहरु प्रभावित भएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार