Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • लोक सेवा आयोगका सबै परीक्षा स्थगित

    लोक सेवा आयोगका सबै परीक्षा स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 3.9K
    SHARES

    काठमाडौं । लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । बिहीबार बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

    संक्रमणको रुपमा फैलिएको कोरोना भाइरसले सृजना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी पूर्वनिर्धारित निजामती सेवा, सुरक्षा निकाय र स‌गठित संस्थानतर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको उपसिचव एकनारायण शर्माले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।





      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार