Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अनिश्चितकालीन साप्ताहिक हाटबजार बन्द

    अनिश्चितकालीन साप्ताहिक हाटबजार बन्द

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 4.8K
    SHARES

    रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा आजदेखि अनिश्चितकालका लागि साप्ताहिक हाजबजार बन्द गरिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को सर्तकता अपनाउनका लागि नगरपालिकामा पनि साप्ताहिक हाजबजार बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता रत्नबहादुर पौडेलले जानकारी दिए ।

    नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कोरोना भाइरसबाट सतर्कता अपनाउन साप्ताहिक हाटबजार बन्द गर्ने, नगरमा कुनै पनि भेला, गोष्ठी, सेमिनार, सभासम्मेलन नगर्ने निर्णय गरिएको पौडेलले बताए । नगरपालिकाका रन्यौरा, मुर्गिया, सालझण्डी, कलौनी, रानीबगियालगायतका ठाउँमा हाटबजार लाग्दै आएको छ ।



    माध्यमिक शिक्षा परीक्षा एसईईको तयारीमा रहेका विद्यार्थीलाई दैनिकरूपमा कार्यतालिका बनाएर घर–घरमा पुग्न विद्यालयलाई निर्देशन दिइनेसमेत निर्णय भएको नगरपालिकाले जनाएको छ । भाइरस सङ्क्रमणबाट सचेत रहन र सर्तकता अपनाउन यसअघि नै पर्रोहा स्वास्थ्य चौकी मुर्गियाका डा प्रकाश खरेलको संयोजकत्वमा नौ सदस्यीय (आरआरटी) समिति चयन गरिसकेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार