काठमाडौं । अस्पतालको झ्यालबाट हाम्फालेर फरार भएका बलात्कारपछि हत्याका आरोपी राजेन्द्र बोहरा पक्राउ परेका छन् । उनलाई प्रहरीले भागेको करिब १० घण्टापछि पक्राउ गरेको हो ।
बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झनाको बलात्कारपछि हत्या गरेको आरोपमा बोहरालाई पुर्पक्षका लागि डोटी स्थित बालसुधार गृहमा राखिएको थियो ।
मंसिर ६ मा कोरोना भाइरसको पीसीआर जाँच रिपोर्ट पोजेटिभ आएपछि उनलाई जिल्ला अस्पताल डोटीको आइसोलेशनमा भर्ना गरिएको थियो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहका अनुसार बिहीबार राति १० बजेर ३५ मिनेटमा उनी झ्यालबाट भागेका थिए ।
तर, भागेको १० घण्टामा उनलाई पक्राउ गरिएको हो ।
यसैबीच सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय डोटीलाई राजेन्द्र बोहराको सुरक्षामा खटिएका ३ जना प्रहरीलाई निलम्बन गर्न निर्देशन दिएको छ ।
Leave a Reply