Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बैंकिङ कसुरमा तीन पत्रकारलाई सात दिन कैद

    बैंकिङ कसुरमा तीन पत्रकारलाई सात दिन कैद

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 1.4K
    SHARES

    जनकपुर । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले बैंकिङ कसुर मुद्दामा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका तत्कालीन अध्यक्षसहित सचिव र कोषाध्यक्षलाई सात दिन कैदको फैसला गरेको छ ।

    न्यायाधीशद्वय डिल्लीराज अचार्य र भीमकुमार ओझाको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दाअन्तर्गत नेपाल पत्रकार महासङ्घका तत्कालीन अध्यक्ष रविन्द्रप्रसाद साह, सचिव राजेन्द्र कुमार क्षेत्री र कोषाध्यक्ष रमेश तिमिल्सिनालाई दोषी ठहर गरेको छ ।



    बैंकिङ कसुर तथा सजाय निर्धारण ऐन २०६४ को दफा ३ ग बमोजिम कसुर अपराध गरेको हुँदा अध्यक्ष साह, सचिव क्षेत्री र कोषाध्यक्ष तिमिल्सिनालाई जनही रु ३३ हजार ३३३ का दरले चेक बाउन्स भएकामा भुक्तान गर्न आदेश दिएको हो । सोही जिल्ला बौधीमाई नगरपालिका– ८ बस्ने उत्तमकुमार उपाध्यायको नाउँमा नेपाल पत्रकार महासङ्घको कार्यक्रम गरेबापत राष्ट्रिय वाणिज्य बैंक गौरको खाताबाट रु एक लाखको चेक दिइएको बताइएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार