Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नक्कली छाप र रसिद बनाएर कर उठाउने पक्राउ

    नक्कली छाप र रसिद बनाएर कर उठाउने पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 3K
    SHARES

    बारा । बारामा उपमहानगरको नक्कली छाप र रसिद बनाएर कर उठाउने एक जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२ बस्ने ३५ वर्षीय अजय कुमार साह रहेका छन्।



    जीतपुर सिमरा उपमहानगरपालिकाको छाप र रसिद नक्कली बनाएर साहले कर संकलन गरेका हुन्। प्रहरीले मंगलबार साहलाई पक्राउ गरेपछि उक्त तथ्य बाहिरिएको हो ।



    मंसिर ७ गते जीतपुर सिमराको वडा नम्बर १६ स्थित बालगंगा खोलामा कर संकलन गरेका थिए ।

    विशेष सूचनाका आधारमा खटिएको प्रहरीले कर संकलन गर्दै गरेको अवस्थामा फेला पारेको हो ।

    साहलाई जिल्ला अदालत बाराबाट पाँचदिनको म्याद थप लिइ अनुसन्धान जारी राखेको बारा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार