Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • धुम्बाराहीमा नबस्ने भयो नेकपा सचिवालयकाे बैठक

    धुम्बाराहीमा नबस्ने भयो नेकपा सचिवालयकाे बैठक

    अनलाइन नेपाल
  • मंगलबार, १६ मंसिर २०७७
  • 2K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक धुम्बाराहीमा नबस्ने भएको छ ।

    पार्टी महासचिव विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बैठक बस्ने सूचना सचिवालयका नेताहरुलाई पठाएका छन् ।



    महासचिव पौडेलले सुरक्षाका कारण धुम्बाराहीमा बैठक राख्न नसकिने जानकारी दिएको उच्च स्रोतले जनाएको छ ।



    गएको मंसिर १३ को सचिवालय बैठकले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार