Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • चिनियाँ रक्षामन्त्री काठमाडौं ओर्लिए

    चिनियाँ रक्षामन्त्री काठमाडौं ओर्लिए

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 4K
    SHARES

    काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

    केही घण्टाका लागि काठमाडौं आएका उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् ।  उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन् ।



    केही दिन अघिदेखि वेईको नेपाल भ्रमण हुने भनिए पनि शनिबार बिहान मात्र चिनियाँ सरकारले उनको औपचारिक भ्रमणको घोषणा गरेको हो ।



    २०७६ कात्तिक १ देखि ६ गतेसम्म चीनको भ्रमण गरेका उपप्रधान तथा तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले उनलाई कात्तिक ३ गते नेपाल भ्रमणको निम्तो दिएका थिए ।

    उपप्रधानमन्त्री पोखरेलको भ्रमणको दौरानमा कात्तिक ३ गते भएको सैन्य सम्झौतामा चीनले नेपाललाई २ अर्ब ५३ करोड बराबरको सहयोग गर्ने घोषणासमेत गरेको थियो । चीनले घोषणा गरेको उक्त सैन्य सहयोग अहिलेसम्म नेपालले प्राप्त गर्न सकेको छैन ।

    मन्त्री वेईलाई नेपाली सेनाको एक टुकडीले सैनिक मुख्यालयनजिकै गार्ड अफ अनर दिने भएको छ । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायतका अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

    चीनले नेपाललाई दिने सहयोगका बारेमा समेत घोषणा हुने अपेक्षा गरिएको छ । उपत्यकाको चक्रपथको बाँकी कामलाई सञ्चालन गर्ने विषयमा समेत कुराकानी हुने बताइएको छ ।

    चिनियाँ रक्षामन्त्री वेईको भ्रमणलाई लक्षित गरेर सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

    भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाले नेपाल भ्रमण गरेको दुई दिनपछि वेईको नेपाल भ्रमण हुन लागेकोमा यसलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार