Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पाकिस्तानले सीमामा आतंककारी घुसपैठ गराउन खोजेको नरवणेको आरोप

    पाकिस्तानले सीमामा आतंककारी घुसपैठ गराउन खोजेको नरवणेको आरोप

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 3.4K
    SHARES

    एजेन्सी। भारतीय सेना प्रमुख जनरल  मनोज मुकुन्द नरवणेले पाकिस्तानले सीमापारबाट चरमपन्थीहरूलाई भारत पठाउन सख्त प्रयास गरिरहेको आरोप लगाएका छन्।

    सेना प्रमुख नरवणेले शनिबार केरलामा भारतीय नौसेना एकेडेमीको  पास आउट कार्यक्रममा बोल्दै भने, ‘पाकिस्तानले जम्मू कश्मीरमा घुसपैठ गर्न र सामान्य लोकतान्त्रिक गतिविधिलाई बाधा पुर्‍याउन हर प्रयास गरिरहेको छ।



    पाकिस्तानले जाडो मौसममा कन्ट्रोल अफ लाइन( एलएसीमा) मा ‘आतंककारी’ पठाउन हतोत्साहित प्रयास गरिरहेको छ। हाम्रो पश्चिमी सिमानामा वर्तमान स्थितिमा आतंकवाद गम्भीर चुनौती बन्न गएको छ। सबै प्रयासका बाबजुद यो चुनौती कम हुँदैछ।’



    कन्ट्रोल अफ लाइनमा रहेको ‘प्रक्षेपण प्याड’ बाट आतंककारीहरुलाई धकेल्ने अन्तिम खालका प्रयास भइरहेको उनले बताए। उनले थपे, ‘जाडो मौसममा आतंककारी दक्षिणतर्फ पनि अघि बढ्न थालेका छन् र अब अन्तर्राष्ट्रिय सीमानाका सुरुङसहित तल्लो क्षेत्रमा घुसाउने प्रयास गरिरहेका छन्।’

    यसबारे टीओआईले रिपोर्ट गरिसकेको छ ।  भारतीय संचारमाध्यमले पाकिस्तान सेनाले ७७८ किलोमिटर लामो नियंत्रण रेखामा युद्धविराम उल्लङ्घन  पनि गरेको आरोप लगाएका छन्  ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार