Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • मेराे लागि नेकपाका सबै कमरेड बराबर : ओली

    मेराे लागि नेकपाका सबै कमरेड बराबर : ओली

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आँखा अगाडि सिङ्गो नेकपा रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै उनले आफ्नो अगाडि सिङ्गो नेकपा रहेको बताउँदै भने ‘मेरा निम्ति नेकपाका सबै कमरेडहरु बराबर हुनुहुन्छ ।’

    उनले पार्टीलाई गत भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहजावस्थामा फर्काएर एकतालाई झन् मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले आफूले विचार, सङ्गठन, आचरण र आदर्शमा कुनै विचलन आउन नदिई पार्टीका सबै साथीलाई साथमा लिएर, आन्दोलनको रक्षा र विकास गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।



    यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्ताव र अध्यक्ष ओलीले आज पेश गरेको प्रस्तावमाथि छलफल गर्न यही मंङ्सिर १६ गते सचिवालय बैठक डाकिएको छ । नेकपाका केही नेताहरुले दुवै प्रस्ताव मिलाई एकल प्रस्ताव बनाउनुपर्ने माग पनि गर्दै आएका छन् ।



    प्रधानमन्त्री एवं अध्यक्ष ओलीले नयाँ पुस्तालाई एकीकृत, सग्लो, जीवन्त, वैचारिक रुपले स्पष्ट र देश तथा जनतालाई नेतृत्व गर्ने सामथ्र्यसहितको पार्टी हस्तान्तरण गरेर मात्र अवकाश लिने आफ्नो इच्छा रहेको प्रस्तावमा उल्लेख गर्दै अब नयाँ पुस्तालाई पार्टी जिम्मेवारी हस्तान्तरण गर्ने घोषणा गर्न सबै सचिवालय सदस्यलाई आग्रह पनि गरे ।

    अध्यक्ष ओलीले एकता महाधिवेशन गर्ने प्रयोजनका लागि सहमतिका साथ र मनोनयनका आधारमा बनाइएका कमिटीलाई महाधिवेशन/अधिवेशन आयोजना गर्ने मुख्य काममा लगाउनुपर्नै बताउँदै भने ‘तीन महिनाभित्र सक्ने भनिएको सङ्गठनात्मक एकीकरणको काम सम्पन्न गर्ने काममा केन्द्रित बनौँ । विचार, विधि, सङ्गठन र नेतृत्वको प्रश्नको समाधान यथाशीघ्र एकता महाधिवेशन आयोजना गरेर त्यसैबाट खोजौँ ।’ राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार