Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • वार्ताकै माध्यमबाट नेपाल–भारत सिमाको विवाद टुंग्याउनु पर्छ : प्रधानमन्त्री

    वार्ताकै माध्यमबाट नेपाल–भारत सिमाको विवाद टुंग्याउनु पर्छ : प्रधानमन्त्री

    अनलाइन नेपाल
  • बिहिबार, ११ मंसिर २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच देखिएका विभिन्न समस्याहरु कूटनीतिक वार्ताकै माध्यमबाट समाधान गरेर जान सक्ने बताएका छन् ।

    नेपालको दुई दिने भ्रमणमा आएका भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलालाई बालुवाटारमा स्वागत गर्दै प्रधानमन्त्री ओलीले सीमालगायतका सम्पूर्ण समस्याको समाधान वार्ताकै माध्यमबाट गरिने प्रस्ट पारेका हुन् ।



    प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई प्रधानमन्त्री ओलीलाई उदृद गर्दै भने–‘प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीजीसँग पनि यही कुरा गर्नु भएको छ । इतिहासले छोडेका कतिपय समस्याहरु र सीमालगायतका समस्याहरुलाई पनि वार्ता गरेर टुंग्याउने विश्वास व्यक्त गर्नु भएको छ ।’



    प्रधानमन्त्री ओलीलाई भेट्न विदेश सचिव श्रृंगला आज साँझ साढे ५ बजे बालुवाटार पुगेका थिए । भेटमा सचिव श्रृंगलाले भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई अब नयाँ हिसाबले अगाडि बढाएर लानु पर्छ भन्ने सन्देश पठाएको जानकारी गराएको पनि भट्टराईले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार