सिरहा । प्रहरीले सिरहाको लहानबाट झारफुकको नाममा बलात्कार गरेको आरोप एक मुस्लिम धर्मगुरु मौलावी(हजरत)लाई पक्राउ गरेका छन्।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका १० महेशपुर गाउँका ३५ वर्षीय मोहम्मद अली हसन रहेका छन्।
इलाका प्रहरी कार्यालय लहानका डीएसपी शरत थापा क्षेत्रीले उनीमाथि जर्वजस्ती करणी मुद्दामा सरकारी वकिल कार्यालय मार्फत अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको जानकारी दिए। उनका अनुसार आरोपित लहानमा डेरा गरी बस्दै आएका थिए।
लहान नगरपालिका ७ की एक २३ वर्षीया मुस्लिम युवती मंगलबार समान्य विरामी पर्यो। उनी आफ्नो जातिय धर्मगुरुसँग झारफुक गराउन लहान नगरपालिका- १० स्थित गुरुको डेरामा दिउँसो ३ बजेतिर पुगिन्। पीडितका आफन्तका अनुसार त्यहाँ उनलाई झारफुकको नाममा बलात्कार गरे।
रक्तश्राव नरोकिदा र पीडा सहन नसकेर उनी साँझ ६ बजेतिर घरमा भएका आफन्तलाई सुनाईन्। त्यसपछि रिसाएका आफन्तहरुले मौलवीमाथि गालीगलौज गर्न मदरसा पुगे। त्यहाँ मौलवीको पक्षमा ठुलाबडा बचाउन लागेपछि प्रहरीमा पुगेका पीडितका आफन्तले सुनाए। घटना मंगलबार साँझको भएको हो।
Leave a Reply