Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • मुख्यमन्त्री गुरूङले भने- प्रचण्डद्वारा पार्टी बिथाेल्न खाेजियाे

    मुख्यमन्त्री गुरूङले भने- प्रचण्डद्वारा पार्टी बिथाेल्न खाेजियाे

    अनलाइन नेपाल
  • सोमबार, ८ मंसिर २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेकपा अध्यक्ष केपी ओली पक्षका स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरूङले प्रचण्डद्वारा पार्टी बिथाेल्न खाेजिएकाे आराेप लगाएका छन्।

    “एकल दस्तावेज अघि सारेर प्रचण्डले पार्टी एकताको मर्म र भावना तोडी नै सक्नुभएको छ,” उनी भन्छन्, “दुईजना अध्यक्षले संयुक्त प्रतिवेदन नल्याइकन एकलरूपमा आउँछ भनेर त्यसले पार्टी एकता भङ्ग गरेको ठहर्छ । दुईजना अध्यक्षको सहमतिबिना जसले बैठक आह्वान गर्छ, त्यसले पार्टी विथोल्न खोजेको, एकीकरणको भावना, मर्मको अवमूल्यन गरेको ठहर्छ ।”



    प्रचण्डले अघि सारेको दस्तावेज पार्टी सङ्गठनात्मक पद्धतिविपरीतका साथै कम्युनिस्ट आन्दोलनकै पहिलो परिघटना भएको गुरूङको निष्कर्ष छ ।



    “प्रचण्डले बैठकमा आरोपपत्र प्रस्तुत गर्नुभएको हो । त्यसलाई दस्तावेज भन्न मिल्दैन । प्रतिवेदनमा एउटा अध्यक्षले अर्को अध्यक्षको हुर्मत लिने कुरा आउँछ र ?,” उनी प्रश्न गर्दै भन्छन्, “सचिवालयमा प्रस्तुत हुने दस्तावेज, राजनीतिक प्रतिवेदन दुईजना अध्यक्षको सहमतिमा आउनुपर्छ । त्योभन्दा अगाडि पाँचौं स्थायी कमिटी बैठकमा दुईजना अध्यक्ष सहमत नभएकाले प्रतिवेदन नै आएन ।”

    पार्टी अध्यक्ष प्रचण्ड र उनी पक्षका नेताहरूले पाँचौं स्थायी कमिटी बैठकदेखि नै विधिविधान भङ्ग गर्दै आएको र अहिले एकल दस्तावेज पनि त्यसैको निरन्तरता भएको उनको बुझाइ छ । पाँचौं स्थायी कमिटी बैठकलाई निर्धारित एजेन्डाभन्दा बाहिर लगेर केपी ओलीको राजीनामा मागिएजस्तै राजनीतिक प्रतिवेदनको आवरणमा अहिले पनि त्यस्तै कृत्य दोहोर्याउन खोजिएको उनको टिप्पणी छ ।

    “विधि–विधान केपी ओलीले तोडेको होइन । एजेन्डाभन्दा बाहिर बैठक हिँडाउने कामको थालनी उहाँहरूले गर्नुभएको हो,” उनी आरोपित गर्दै भन्छन्, “अहिले अन्तरिम विधान, एकताको मर्मविपरीत एकल दस्तावेज ल्याउने पनि उहाँहरू नै हो ।”

    माओवादी आन्दोलनमा यस्तो घटना भएको सम्झना नभएको बताउँदै पूर्वघटक एमालेमा भने यसप्रकारको ‘कपोलकल्पित लाञ्छना’ र ‘ध्वंसात्मक प्रतिवेदन’ यसअघि नेतृत्वले फेस नगरेको उनी अनुभव सुनाउँछन् । नेकपाको आगामी सचिवालयको बैठक मङ्सिर १३ गतेलाई तय गरिएको छ । ओलीले त्यस बैठकमा जवाफी प्रतिवेदन ल्याउने तयारी गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार