Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • पोखरामा ६ विदेशीसहित ७ जना पक्राउ

    पोखरामा ६ विदेशीसहित ७ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 2.2K
    SHARES

    फाइल तस्विर

    पोखरा । पोखरामा ६ विदेशीसहित ७ जना पक्राउ परेका छन्। कास्की प्रहरीले पोखरा महानगरपालिका–२३ चापाकोटस्थित एउटा कटेज नजिकको जंगलबाट ६ जना विदेशी र १ जना नेपाली गरी ७ जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्ने विदेशीमा ४ जना नर्वेली, १ जना जर्मन, १ जना स्वीडेनका नागरिक छन् । यस्तै, पोखारा महानगरपालिका–२३ चापाकोटमा रहेको एउटा कटेजका सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।



    मंगलबार राति लागू औषध गाँजा सेवन गरी होहल्ला गर्ने विदेशीसहित नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।



    कटेजमा अन्य पर्यटकहरु समेत रहे पनि लागू औषध सेवन गर्नेलाई मात्र पक्राउ गरी हिरासतमा राखिएको कास्की प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका ७ जनाविरुद्ध नै लागू औषध नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार