Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अपराध महाशाखाद्वारा करोडौं मूल्य बराबरको मास्क बरामद

    अपराध महाशाखाद्वारा करोडौं मूल्य बराबरको मास्क बरामद

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 2.5K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले करिब एक करोड मूल्य बराबरको १० लाख वटा मास्कसहित एक जनालाई पक्राउ गरेको छ।

    महाशाखाद्वारा खटिएको टोलीले बुधवार दिउँसो उक्त परिमाणकाे मास्कसहित सानो भर्‍याङबाट गोरखाका युवराज न्यौपानेलाई पक्राउ गरी अनुसन्धान थालिएको महाशाखाका प्रमुख एसएसपी शहकुल थापाले बताए। उनका अनुसार १० लाख वटा मास्क २० देखि ३० रुपैयाँका दरले बिक्री गर्न लागिएको विशेष सूचनाको आधारमा न्यौपानेलाई पक्राउ गरिएको हो।



    कोरोना भाइरसको संक्रमणका कारण विश्वभर सन्त्रास फैलिरहेका बेला काठमाडौंमा मास्कको कृतिम अभाव सिर्जना गर्नेविरुद्ध प्रहरी पछिल्लो समय आक्रामक बनेको छ । कोरोना भाइरसको हल्लाले बजारमा मास्कको कालोबजारी बढेपछि प्रहरीले सक्रियता देखाएको छ। गत आइतवारमात्र प्रहरीले काठमाडौंका विभिन्न स्थानमा लुकाइराखेको करिब ८ लाख ४० हजार मास्क बरामद गरेको थियाे।



    यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डल्लु, कपन र सतुंगल क्षेत्रबाट कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बेच्न राखिएको १० लाख सर्जिकल मास्क बरामद गरिसकेको छ। कम मूल्य पर्ने मास्क उनीहरुले अभाव सृजना गरी बढी मूल्यमा रुपैयाँ बेच्न लागेको खुलेको छ। यसरी बरामद भएको मास्क प्रहरीले कानुनी प्रकृया पूरा गरेर बेच्नसक्ने छ। उनीहरुविरुद्ध प्रहरीले कालोबजारी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान थालेको छ । कोरोनाको संक्रमण फैलिएसँगै विभिन्न कम्पनीले मास्कको स्टक लुकाएको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

    त्यस्तै, मास्क, सेनिटाईजर जस्ता सामानहरु कृत्रिम अभाव गराई मुल्य वृद्धी गराएर अनुचित नाफा लिने रुपेश रौनियार,पुरुषोत्तम अधिकारी र मिना घिमिरेलाई मास्क ११,४५५ थान, सेनिटाईजर १५०५ बोतल तथा सेनिटाईजर खरिद बिक्रीको बिलहरु सहित पक्राउ गरी कालोबजारी तथा अन्य केही सामाजिक अपराध कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको पनि महाशाखाले जनाएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार