Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • उद्योग वाणिज्य संघका अध्यक्ष भट्टलाई पक्राउ गर्न माग

    उद्योग वाणिज्य संघका अध्यक्ष भट्टलाई पक्राउ गर्न माग

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 2.1K
    SHARES

    डडेल्धुरा । उपभोक्ता हित संरक्षण मञ्च नेपाल सुदूरपश्चिम प्रदेश समितिले जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई उद्योग वाणिज्य संघका अध्यक्ष भट्टलाई पक्राउ गरी कारवाही गर्न माग गरेकाे छ। अमरगढी नगरपालिका क्षेत्रमा बजार अनुगमनका क्रममा उद्योग वाणिज्य संघले अवरोध गरेका भन्दै समितिले प्रशासनसँग विज्ञप्ति जारी गर्दै माग गरेकाे हाे।

    अमरगढी नगरपालिका क्षेत्रमा नगरपालिकाको बजार अनुगमन समितिकातर्फबाट चैत २ गते भएको बजार अनुगमनका क्रममा संघका तर्फबाट अवरोध सिर्जना भएको भन्दै समितिले ध्यानाकर्षण गराएको हो।



    ‘उपभोक्तालाई स्वच्छ उपभोग्य सामान उपलब्ध गराउन र कोरोना संक्रमणका कारण सामान आयात नहुने ठानेर बस्तुहरु लुकाएर बजारमा कृतिम अभाव सिर्जना गर्ने काम भइरहेको सूचनाका आधारमा नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी बजार अनुगमन गर्दा आफुलाई जानकारी नदिएरै बजार अनुगमन गरिएको भन्दै उद्योग वाणिज्य संघकातर्फबाट भएको अवरोध उपभोक्ता हित बिरोधी गतिविधि भएको ठहर गर्दै उपभोक्ता हित संरक्षण मञ्च नेपाल सुदूरपश्चिम प्रदेश समिति सो घटनाप्रति घोर भत्र्सना गर्दछ’ उपभोक्ता हित संरक्षण मञ्च नेपाल सुदूरपश्चिममा प्रदेश सचिव भोजराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।



    उक्त विज्ञप्तिमा अगाडि भनिएको छ ‘बजार अनुगमन गर्दा अधिकार प्राप्त निकायले कसैलाई जानकारी नदिएर पनि गर्न सक्ने कुरा कानूनमै उल्लेख भएकोले बजार अनुगमन गर्न जाँदा कसैलाई पूर्व जानकारी दिनु आवश्यक होइन।’

    साथै विज्ञप्तिमा उपप्रमुख संगीता भण्डारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्याय सहितको टोलीमाथि गाली गलौच तथा दुव्र्यवहार गर्ने डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टलाई प्रक्राउ गरी तुरुन्त कार्वाही गर्न माग समेत गरिएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार