Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • युगान्डामा हिंसा भड्किदा १६ जनाको मृत्यु

    युगान्डामा हिंसा भड्किदा १६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ५ मंसिर २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि राजधानी कम्पालामा हिंसा भड्किएको छ ।

    दुई दिनको अवधिमा हिंसात्मक प्रदर्शनमा परी १६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।



    स्थानीय समयानुसार सोमबार साँझबाट प्रदर्शन शुरु भएको थियो ।



    कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले निर्माण गरेका नियमहरु उल्लंघन गरेको आरोपमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।

    कम्पाला शहरबाट ३०० जनालाई पक्राउ गरिएको त्यहाँको नगर प्रहरीले जनाएको छ ।

    प्रहरीले रोबर्ट कयागुलानी नाम गरेका गायकलाई पनि बिहीबार हिरासतमा लिएको छ । त्यसपछि प्रदर्शन थप हिंसात्मक भएको हो ।

    प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा घाइते भएका ३० भन्दा बढीलाई अस्पताल भर्ना गरिएको रेडक्रसले जानकारी दिएको छ ।

    राष्ट्रपतिको निर्वाचनमा बोबी वाइन हालका युगान्डा राष्ट्रपति युओरी मुसेभेनीका प्रमुख प्रतिद्वन्द्वी हुन् ।

    युगान्डाका प्रसिद्ध पप गायक उनी पछि राजनीतिमा आएका हुन् । उनी विपक्षी राजनीतिक दलको नेता हुन् ।

    प्रहरीले बोबी वाइनलाई पक्राउ गरेपछि बिहीबार उनका समर्थकहरुले कम्पालाका सडकहरुमा आगो बालेर र कतिपय भौतिक संरचनामा आगजनी गरेर विरोध प्रदर्शन गरिरहेका छन् । एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार