Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नेकपा सचिवालय बैठक सकियो

    नेकपा सचिवालय बैठक सकियो

    अनलाइन नेपाल
  • बुधबार, ३ मंसिर २०७७
  • 2.6K
    SHARES

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक १० दिनपछि पुन बस्नेगरी सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    नेकपाको सचिवालयका ५ सदस्यले निृर्णय गरी आजको बैठक राखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन फिर्ता नभएसम्म सचिवालय बैठकमा भाग नलिने अडान राखिरहेका थिए । तर राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको सचिवालय बैठकमा सहभागी भएका छन् । र, अर्को बैठक १० दिनपछि राख्ने निर्णय गरी सम्पन्न भएको छ । सचिवालय बैठकपछि १० दिनसम्मका लागि नेकपाको विभाजन टरेको छ ।



    बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पछि सार्न प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले गरेको प्रस्तावमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नजनाएपछि निर्धारित समयमै बैठक बसेर सम्पन्न भएकाे हाे।



    कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि शीर्ष नेताकै बीच आरोप–प्रत्यारोपले नेकपाको विवाद चरम बिन्दुमा पुगेको छ।

    ओली पक्षका नेताहरू दाहालको प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छन्। बुधबारको बैठकमा समेत ओलीले उक्त प्रस्ताव फिर्ता गर्न अनुरोध गर्ने अनुमान गरिएको छ। प्रचण्डले २८ गतेको बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव ‘प्रस्ताव’नभएर ‘कथित आरोपपत्र’ भएको ओली पक्षको बुझाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार