Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ट्रकभित्र सामूहिक बलात्कार गर्ने अभियुक्त सार्वजनिक

    ट्रकभित्र सामूहिक बलात्कार गर्ने अभियुक्त सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 1.6K
    SHARES

    काठमाडौं । ट्रकभित्र सामूहिक बलात्कार गर्ने अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक गरेकाे छ। महानगरीय प्रहरी वृत थानकोटको टोलीले राप्ती गाउँपालिकाका २४ वर्षीय संजय मागर, रामेछापका १९ वर्षीय कपिल खड्का र सिन्धुली सुनकोशी गाउँपालिकाका १८ वर्षीय पासाङ तामाङलाई पक्राउ गरी सार्वजनिक गरेकाे हाे।

    उनीहरुले मंगलवार राति काठमाडौंको चन्द्रागिरि नगरपालिका १५ तीनथानमा रोकि राखेको ना ३ ख ६९४ नम्वरको ट्रकभित्र १७ वर्षीय किशोरीलाई सामुहिक बलात्कार गरेका महानगरीय प्रहरी वृत थानकोटका डिएसपी धनश्याम श्रेष्ठले जानकारी दिए।



    उनीहरुले चैत ४ गते बिहान २ बजे उनीहरुले किशोरीलाई ट्रकभित्र लगेर बलात्कार गरेको थिए। प्रहरीले नियन्त्रणमा लिएका तिनै जना ट्रकका सहचालक भएको प्रहरीले जानकारी दिएको छ। उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को करणी सम्वन्धि कसुरमा अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार