काठमाडौं । देशभर ३५६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ३८ जना भेन्टिलेटरमा र ३ सय १८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०३ जना आइसियु र २२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६४ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आइसियु र ७ जना भेन्टिलेटरमा र प्रदेश २ मा १६ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ५ आइसियुमा र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७८ आइसियु र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन्।
नेपालमा २ लाख ११ हजार ४ सय ७५ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये १ लाख ७९ हजार २ सय ४२ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार २ सय ४७ जनाको मृत्यु भएको छ।
Leave a Reply