Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • नेकपा विवाद: बैठक सार्न ओलीले गरेको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार

    नेकपा विवाद: बैठक सार्न ओलीले गरेको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार

    अनलाइन नेपाल
  • मंगलबार, २ मंसिर २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक केही दिन पर सार्न गरेको प्रस्ताव कार्यकारी अध्यक्ष प्रचण्डले अस्वीकार गरेका छन् ।

    बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पर सार्न ओलीले महासचिव विष्णु पौडेलमार्फत गरेको प्रस्ताव प्रचण्डले अस्वीकार गरेका हुन् ।



    स्राेतका अनुसार बैठक सार्ने ओलीको प्रस्ताव बोकेर मंगलबार बिहान अध्यक्ष प्रचण्डनिवास खुमलटार पुगेका महासचिव पौडेललाई प्रचण्डले बैठकमै छलफल गर्ने फिर्ता पठाए।



    अर्थमन्त्री समेत रहेका पौडेलले प्रचण्डसँगको भेटमा समस्या समाधानको सूत्र खोजेर मात्रै बैठक बस्न उपयुक्त हुने ओलीको सन्देश सुनाएका थिए । ‘पार्टीभित्रको विवादको समाधान खोजेर मात्रै सचिवालय बैठक बसौँ। त्यसका लागि बुधबारको बैठक केही दिन पर सारौँ र सहमतिका लागि छलफल गरौँ भन्ने ओलीको प्रस्तावलाई अध्यक्ष कमरेडले अस्वीकार गर्नुभयो’, प्रचण्ड निकट एक नेताले भने, ‘अध्यक्षले बैठकको मिति भएकाले बैठक सार्नु राम्रो नुहने बरु भोलिकै सचिवालयमा बाँकी छलफल गरौंला भनेपछि महासचिव सोही सन्देश बोकेर बालुवाटार जानुभएको छ ।’

    महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्षसँग भोलिको बैठकबारे छलफल भएको स्वीकार गरेपनि अरु केही बताएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार