Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रचण्ड र पौडेलबीच भेटवार्ता, ओली पक्ष र प्रचण्ड–माधव पक्षबीच सहमति जुटाउने प्रयास

    प्रचण्ड र पौडेलबीच भेटवार्ता, ओली पक्ष र प्रचण्ड–माधव पक्षबीच सहमति जुटाउने प्रयास

    अनलाइन नेपाल
  • मंगलबार, २ मंसिर २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीच छलफल भएको छ।

    पौडेल मंगलवार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए। प्रचण्ड र पौडेलबीच पार्टीमा उत्पन्न पछिल्लो घटनाक्रमका विषयमा छलफल भएको बताइए पनि भेटबारे ठोस कुरा खुलाइएको छैन।



    गत २७ गते बसेको सचिवालय बैठकमा प्रचण्डले एकतर्फी रूपमा राजनीतिक प्रतिवेदन पेश गरेका थिए।



    प्रतिवेदनमा प्रधानमन्त्रीमाथि जथाभावी आरोप लगाइएको भन्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरूले फिर्ता लिनुपर्ने बताउँदै आएका छन्।

    नेकपाले बुधवार सचिवालय बैठक बोलाएको छ। तर, ओलीले प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता गर्नुपर्ने अडान कसेका छन्।

    यद्यपी सचिवालयका बहुमत सदस्यहरू उक्त प्रस्ताव प्रचण्डको मात्रै नभएको बताउँदै आएका छन्।

    ओलीले प्रस्ताव फिर्ता नभएको बैठक नबस्ने चेतावनी पनि दिएका छन्। तर, ओलीले बुधवार बैठक बस्न अस्वीकार गरे औपचारिक बैठक राख्ने तयारी प्रचण्ड–नेपाल सहितका बहुमत सदस्यको छ।

    हुनत शनिबार अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई पनि उक्त प्रस्ताव फिर्ता गर्न पहल गर्न आग्रह गरेका थिए।

    प्रधानमन्त्रीले शनिबार बालुवाटारमा उपाध्यक्ष गौतमसँग डेढघण्टा छलफल गरेका थिए भने त्यस वरिष्ठ नेता नेपालसँग करिब दुईघण्टा कुराकानी गरेका थिए । नेता नेपालसँगको कुराकानीमा महासचिव विष्णु पौडेल पनि समभागी थिए ।

    त्यसैले पनि ओली निकट मानिएका पौडेल प्रचण्डलाई भेट्न जाँदा नेकपाभित्र तरंग मच्चिएको छ । तर, अध्यक्षद्वयबीचको तित्तताका कारण सहमती हुने छाँटकाँट भने अझै देखिएको छैन ।

    भोली बस्न लागेको बैठकअघि आज ओली पक्ष र प्रचण्ड–माधव पक्षका नेताहरुवीच सहमति जुटाउने प्रयासहरु भइरहेका छन् । त्यसैको फलस्वरुप पौडेल प्रचण्ड निवास पुगेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार