Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ‘पेट्रोलको समस्या आजबाट समाधान हुन्छ’

    ‘पेट्रोलको समस्या आजबाट समाधान हुन्छ’

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 1.5K
    SHARES

    काठमाडौं । चीनबाट सुरु भइ विश्वभर महामारीकाे रुप लिएकाे काेराेना भाइरसकाे कारण पछिल्लाे केही दिनदेखि पेट्रोलियम पदार्थमा समस्या देखिएको छ। केही पेट्रोल पम्प बन्द देखिन्छन् भने खुलेका पम्पमा पनि उपभोक्ताको लाइन छ।

    नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बुधबार(आज)देखि पेट्रोल तथा डिजेलमा समस्या नआउने जानकारी दिए। ‘इन्धनको आपूर्तिमा केही समस्या छैन, पहिलेको तुलनामा बढी नै आइरहेको छ’, अध्यक्ष प्रधानले भने, ‘केही प्राविधिक समस्याले पम्पमा उपभोक्ताको लाइन देखिएको हो, त्यो आजैबाट साम्य हुन्छ।’



    साथै पेट्रोलियम पदार्थको सहज उपलब्ध नभईकन उपभोक्तालाई साधनमा बाहेक ग्यालेन तथा अन्य भाँडामा इन्धन नदिन समेत सम्पूण व्यवसायीलाई निर्देशन दिएको उनले जानकारी दिए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार