Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • चीनद्वारा अमेरिकी पत्रकारलाई देश छाेड्न निर्देशन

    चीनद्वारा अमेरिकी पत्रकारलाई देश छाेड्न निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 2.5K
    SHARES

    बेइजिङ । चीनले तीन अमेरिकी मिडियाका पत्रकारलाई देश निकाला गर्ने घोषणा गरेको छ । चीनले ती मिडियाका पत्रकारलाई दिएको अनुमतिपत्र फिर्ता गरेर देश छाेड्न निर्देशन समेत दिएकाे छ।

    अमेरिका-चीनबीच कोरोना भाइरसको संक्रमणका विषयमा विवाद बढेपछि मंगलबार चीनले अमेरिकी मिडिया न्युयोर्क टाइम्स, वाशिङ्‍टन पोस्ट र वाल स्ट्रिट जर्नलका पत्रकारलाई सन् २०२० को अन्तिमसम्म प्रेस अनुमतिको म्याद हुनेहरुले १० दिनभित्र आफ्नो अनुमतिपत्र फिर्ता गर्न निर्देशन जारी गरेको हो ।



    चीनले यसअघि अमेरिकी पत्रकारलाई एक वर्षको भिसा जारी गरेको थियो । चीनको यस्तो निर्णयबाट कति पत्रकार प्रभावित हुन्छन् भन्‍ने यकिन हुन नसकेपनि तीन सञ्‍चामाध्यमहरु भने समस्यामा परेका हुन् । मेनल्यान्ड चीनसँगै अर्धस्वायत्त सहर हङकङ र कमाउमा पनि रिपोर्टिङ नगर्न अमेरिकी पत्रकारहरुलाई चेतावनी दिइएको छ ।



    यसअघि अमेरिकाले पाँच चिनियाँ सञ्‍चामाध्यमहरुलाई ‘विदेश नियोग’ को संज्ञा दिँदै पत्रकारितासम्बन्धी कार्य गर्न बन्देज गरेको थियो । अमेरिकाको यस्तो निर्णयसँगै पाँचै चिनियाँ सञ्‍चामाध्यमहरुले अमेरिकामा कार्यालय स्थापना गर्न र कर्मचारी राख्‍न अमेरिकाको अनुमति लिनुपर्ने प्रावधान गरिएको थियो । मार्च १३ मा अमेरिकी गृहमन्त्रालयले गरेको यस्तो निर्णयले अमेरिकामा रहेका चिनयाँ पत्रकारहरु समस्यामा परेका थिए ।

    यसअघि सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्‍वभर आतंक फैलाइरहेको नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ लाई ‘चिनियाँ भाइरस’ को संज्ञा दिएपछि चीन आक्रोशित बनेको थियो । चिनियाँ विदेश मन्त्रलायले मंगलबार ‘चीनलाई आरोप लगाउनुभन्दा पहिले आफ्नो मामिलामा मात्र ध्यान दिन’ चेतावनी दिएको थियो । -सीएनएन

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार