बुटवल । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले चक्कु प्रहार गरी छोराको हत्या गर्ने बाबुलाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङ रहेका प्रहरीले जनाएकाे छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले दिएकाे जानकारी अनुसार मादक पदार्थ सेवन गरेका शेरबहादुरले उनकी श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए ।
छोरा पदमबहादुरले आमालाई जथाभावी गाली नगर्न आग्रह गर्दा शेरबहादुरले छाेरालाई चक्कु प्रहार गरेका थिए ।
बाबुको चक्कु प्रहारबाट १९ वर्षीय पदमबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । उनकाे शनिबार साँझ मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
Leave a Reply