Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • कोरोनाबाट भारतमा ८ सहित विश्वभर २ सय ९३ नेपालीको मृत्यु

    कोरोनाबाट भारतमा ८ सहित विश्वभर २ सय ९३ नेपालीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३० कार्तिक २०७७
  • 2.3K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट भारतमा थप ८ जना नेपालीकाे मृत्यु भएकाे छ ।

    गैरआवासीय नेपाली संघले दिएकाे जानकारी अनुसार गत साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसकाे संक्रमणबाट ८ जना नेपालीकाे मृत्यु भएकाे छ ।



    शनिवार साँझ सम्म कोरोनाका कारण मृत्यु हुने नेपाली संख्या २ सय ९३ पुगेकाे गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएकाे छ ।



    संघका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४ सय ३९ जना नेपालीमा कोराना संक्रमण देखिएको छ । ती मध्ये अनुमानित ४१ हजार ४ सय ३९ जना कोरोना संक्रमण मुक्त भएका छन् । विदेशमा कोरोना मुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत रहेको छ ।

    गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अबरमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

    यो साता नेपालमा मात्र २ लाख ६ हजार ३ सय ५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये १ लाख ६८ हजार १ सय २९ जना कोरोना मुक्त भएका छन् ।

    नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या ८१ दशमलव ५ प्रतिशत रहेको छ। शनिवार साँझ सम्म नेपालमा १ हजार २ सय २ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार