Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कोरोनाको प्रभाव: द कपिल शर्मा शोको सुटिङ स्थगित

    कोरोनाको प्रभाव: द कपिल शर्मा शोको सुटिङ स्थगित

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 1.5K
    SHARES

    काठमाडौं । चीनबाट सुरु भइ महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणले भारतको हास्यकला क्षेत्रमा समेत प्रभाव पारको छ। समाचार अनुसार कोरोना भाइरसकै कारण बलिउडका धेरै फिल्मको सुटिङ रोकिएका छन् भने टिभी शोका सुटिङहरु पनि स्थगित गरिएका छन्।

    भारतीय समाचार एजेन्सीका अनुसार प्रख्यात कमेडी शो द कपिल शो शर्माको सुटिङ पनि स्थगित गरिएको छ। सोनीबाट प्रसारण हुने टिभी शो कोरोना भाइरसको संक्रमणकै डरले स्थगित गर्नुपरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। त्यस्तै संजय लीला भन्सालीको आगामी फिल्म गंगुबाई काठियावाडीको सुटिङ पनि रोकिएको छ। फिल्ममा आलिया भट्टले अभिनय गरेकी छन् ।



    भारतीय अधिकारीहरुका अनुसार १४५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।कोरोना भाइरसको संक्रमण व्यापक फैलिन थालेपछि भारतका सबै राज्यले सतर्कता अपनाएका छन्। महराष्ट्र प्रदेशले त्यहाँ सबै सिनेमा हल बन्द गर्न निर्देशन दिइसकेका छन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार