Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • इश्वर पोखरेलद्वारा प्रचण्डलाई धम्कीपूर्ण प्रश्न- प्रस्ताव फिर्ता लिने कि दुर्भाग्य निम्त्याउने ?

    इश्वर पोखरेलद्वारा प्रचण्डलाई धम्कीपूर्ण प्रश्न- प्रस्ताव फिर्ता लिने कि दुर्भाग्य निम्त्याउने ?

    अनलाइन नेपाल
  • शनिबार, २९ कार्तिक २०७७
  • 3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भित्रको बिबादले उग्र रुप लिन थालेपछि सामाजिक सन्जालमा नेताहरुले एकले अर्कोलाई धम्की दिनसम्म पछि परेका छैनन ।

    नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले पार्टी एकतालाई बचाउने हो भने राजनीतिक प्रस्ताव फिर्ता लिन पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धम्कीको भाषामा आग्रह गरेका छन् ।



    पोखरेलले शुक्रबारको सचिवालय बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध गम्भीर लाञ्छना लगाइएको भन्दै प्रस्ताव फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने भन्दै धम्की शैलीमा प्रश्न गरेका छन् ।



    शनिबार सामाजिक संजाल फेसबुकमा मा पोखरेलले लेखेका छन्, ‘प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अत्यन्त संगीन आरोपहरू लगाउनु भएको छ ।  प्रस्तावका रूपमा प्रस्तुत यी संगीन आरोपहरू २०७७ साल भदौ २६ गते सम्पन्न स्थायी कमिटीको सर्वसम्मत निर्णय विरूद्ध र पार्टी एकताको भावना विरूद्ध छन् । सहमतीका साथ अघि बढ्नुपर्ने पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित  ‘कि तँ छैनस् कि म छैन’ भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले अघि सारिएका छन् ती ‘प्रस्तावहरू’ ! दुराग्रहका साथ प्रस्तुत ती “प्रस्तावहरू” फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्शमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने ? प्रचण्ड कमरेडले मात्र होइन , नेकपा भित्रका सबैले यसको छिनोफानो गर्नैपर्छ !!

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार