धनुषा । धनुषाकाे जनकपुरधाममा एक महिलामाथि एसिड प्रहार भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित जानकीनगरमा माईतीमा बसेको बेला शनिबार विहान एक युवकले एसिडले प्रहार गरी भागेको स्थानीयवासीको भनाई छ
एसिड प्रहार गरेको आरोपमा ती युवकलाइ प्रहरीले पक्राउ गरेकाे छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित देवपुरा रुपैठा बस्ने २६ वर्षीया आरती साहमाथि ती युवकले एसिड प्रहार गरेका हुन् ।
आरतीको उपचार अहिले जानकी हेल्थकेयरमा भइरहेको भने एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ परेको प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।
प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक मिश्रले एसिड प्रहार घटना भएको जानकारी पाएलगत्तै प्रहरीले आरोपित व्यक्तिको खोजतलास गरि पक्राउ गरिएकाे जानकारी दिए । उनले एसिड प्रहार गर्ने व्यक्तिबारे अहिले अनुसन्धान जारी रहेको बताए ।
Leave a Reply