काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठकले सुनिल थापालाई सह-महामन्त्री बनाउने निर्णय गरेको छ ।
कांग्रेसकाे शुक्रबार बसेकाे बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका थापालाई पार्टीकाे सह–महामन्त्री बनाउने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा थापा समूहको व्यवस्थापन गरे प्रस्ताव पेस गरेका थिए । सोही अनुसार थापासँगै कांग्रेस प्रवेश गरेका अन्य ६ जना नेतालाई कांग्रेसको केन्द्रीय सदस्य र ३ जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
यस्तै बैठकले क्रियाशील सदस्यताको विवाद विधिसम्मत टुंग्याउने निर्णय गरेको छ । अब मंसिर मसान्तसम्म ७७ वटै जिल्लाले केन्द्रलाई सदस्यताको सूची पठाउने निर्देशन दिएको छ ।
Leave a Reply