Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • तिहार लगत्तै काठमाडाैंमा कडा निषेधाज्ञा गर्ने तयारी

    तिहार लगत्तै काठमाडाैंमा कडा निषेधाज्ञा गर्ने तयारी

    अनलाइन नेपाल
  • बुधबार, २६ कार्तिक २०७७
  • 8.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा पुनः कडा निषेधाज्ञा गर्न आग्रह गरेको छ ।

    फोरमका पदाधिकारीहरुले बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पदाधिकारीलाई भेटेर तिहार लगत्तै  निषेधाज्ञा गर्न अनुरोध गरेको हो ।



    साथै फाेरमले अब गरिने निषेधाज्ञा यसअघिको भन्दा कडा बनाउनसमेत अनुराेध गरेकाे छ ।



    उपत्यकामा कोरोना दिनप्रतिदिन बढिरहेको अवस्थामा कडा निषेधाज्ञाको विकल्प नभएको फोरमको भनाइ छ ।

    फोरमका सचिव तथा मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकामा बढ्दो संक्रमणलाई नियन्त्रण गर्न निषेधाज्ञाको विकल्प नभएको बताए ।

    त्यस्तै, सीसीएमसीका संयोजक उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच बुधबार भएको छलफलमा यो प्रस्ताव आएको हो।

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब पाँच घण्टा लामो भएको बैठक पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम–नियन्त्रणको प्रयासका विषयमा केन्द्रित भएको थियो।

    मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठका अनुसार कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी समन्वय गरी अघि बढ्ने विषयमा छलफल भएको हो।

    सीसीएमसीले पछिल्लो समय मुलुकभरीको संक्रमण तथ्याङ मध्ये करिब ५३ प्रतिशत उपत्यकामै रहेको भन्दै कोरोना रोकथाम र नियन्त्रणका लागि उपत्यकामा प्रभावकारी कदम चाल्नु पर्ने प्रस्ताब  पनि गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार