Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • आठ मुलुकबाट कृषिजन्य वस्तु आयत बन्द

    आठ मुलुकबाट कृषिजन्य वस्तु आयत बन्द

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 1.6K
    SHARES

    काठमाडौँ । सरकारले आठ मुलुकबाट कृषिजन्य, पशुजन्य र बिरुवाजन्य सामग्री आयातमा तत्कालका लागि रोक लगाएको छ । कोरोना त्रासको कारण कृषि मन्त्रालयले नेपालमा अनअराइभल भिसा बन्द गरिएका समुद्रपारका आठ वटा मुलुकबाट हुने तीन प्रकारका आयातमा रोक लगाएको जनाउको छ ।

    रोक लगाइएका मुलुकमा चीन, दक्षिण कोरिया, जापान, इटली, इरान, फ्रान्स, जर्मनी र स्पेन छन् । कृषी तथा पशुपन्छी मन्त्रालयले फागुन २८ मा भन्सार कार्यालयहरूलाई पत्र पठाउँदै छालाका ब्याग, छालाकै गार्मेन्ट, बिस्कुट, चकलेट, नुडल्स, ड्राई मिट, ससेज लगायत जंक फुड र एफएमसीजी वर्गका मालवस्तु आयात नगर्न भनेको हो ।



    कृषि मन्त्रालयको निर्देशनअनुसार भन्सार विभागले ८ मुलुकबाट आयात गरिने कृषिजन्य, पशुजन्य र बिरुवाजन्य खाद्यसामग्रीको आयातको अनुमतिपत्र दिन पनि बन्द गरेको छ । यो खबर आजको कोरोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छिन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार