Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कतार र साउदीपछि मलेसियामा पनि रोक

    कतार र साउदीपछि मलेसियामा पनि रोक

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि कतार र साउदी अरबपछि मलेसियाले पनि विदेशी श्रमिक प्रवेशमा पूर्ण रुपमा रोक लगाएको छ । मलेसियामा कोरोना भाइरसको संक्रमण दर बढ्दै जान थालेपछि बुधबार (आज) बाट १४ दिनका लागि विदेशीलाई प्रवेशमा रोक लगाइएको हो । यसअघि कतार र साउदी अरबले पनि नेपाली श्रमिकको आवतजावतमा रोक लगाइसकेका छन् ।

    मलेसियाले विदेशीको प्रवेशमा रोक लगाएसँगै रोजगारीका लागि जाने कामदार रोकिएका छन् । वैदेशिक रोजगार विभाग ताहचल कार्यालयका प्रमुख उमेश बस्नेतले मलेसिया जाने नेपाली श्रमिक केही दिनका लागि रोकिएको बताए । १ वर्षभन्दा लामो समय रोकिएको मलेसियाको रोजगारी ३ महिनाअघि मात्र खुलेको थियो । विभागको फागुन महिनाको तथ्यांकमा मलेसिया जान लगभग ११ हजार नेपाली युवाले श्रम स्वीकृति लिएको देखिन्छ । विगत ३ महिनाको तथ्यांकमा ३२ हजार नेपाली मलेसियामा रोजगारीमा गएको देखिन्छ ।



    मलेसिया जान मात्र दैनिक ३६५ युवाले श्रम स्वीकृति लिएको देखिन्छ । यही तथ्यांकलाई आधार मान्दा आगामी १४ दिनमा लगभग ५ हजार नेपाली मलेसिया जान पाउने छैनन् भने सोही संख्यामा नेपाल फर्कन पाउने छैनन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार