Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • महामारी नियन्त्रणमा जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुन्छ : अध्यक्ष तिमिल्सेना

    महामारी नियन्त्रणमा जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुन्छ : अध्यक्ष तिमिल्सेना

    अनलाइन नेपाल
  • मंगलबार, २५ कार्तिक २०७७
  • 2K
    SHARES

    गोदावरी । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

    धनगढीमा आज आयोजित ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले कोभिड–१९ महामारी र जोखिमबारे जनतालाई सचेत गराउन जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताए।



    उनले जनप्रतिनिधिले कोभिड–१९ महामारी र जोखिमबारे सचेतना अभिवृद्धि गर्न नागरिकसँगको सम्बन्धलाई नजिक बनाउनुपर्ने बताउनुभयो । उहाँले तीनवटै सरकार, राजनीतिक दल र विभिन्न सङ्घसंस्था लागेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न आवश्यक रहेको बताए ।



    उनले विभिन्न महामारीसँग जुध्न सबैको सकारात्मक भूमिका आवश्यक हुने बताउँदै कोरोनाबाट सजग हुन स्वास्थ्य मापदण्ड अपनाउन जनसमक्ष आग्रह गरे । कोभिड–१९ सम्बन्धी अफवाह तथा गलत सूचनाको प्रतिकार गर्न जनप्रतिनिधिहरु लाग्नुपर्ने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार