Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • बिहार विधानसभा चुनाव: कसले मार्ला बाजी?

    बिहार विधानसभा चुनाव: कसले मार्ला बाजी?

    अनलाइन नेपाल
  • मंगलबार, २५ कार्तिक २०७७
  • 6.6K
    SHARES

    काठमाडौं । बिहार विधानसभा चुनावको मतगणना जारी छ । गणनाको प्रारम्भिक नतिजामा भारतीय जनता पार्टी (भाजपा) र लालुप्रसाद यादवको पार्टी राष्ट्रिय जनता दल (राजद) बीच कडा प्रतिस्पर्धा देखिएको छ ।

    २०० सिटको रुझान सार्वजनिक हुँदा राजद ५७ सिटमा र भाजपा ५४ सिटमा अगाडि देखिएका छन् । यसैगरी जनता दल युनाइटेडले ४२ र कांग्रेसले १७ सिटमा लिड गरिरहेका छन् ।



    एक्जिट पोलमा तेजेश्वी यादवको राष्ट्रिय जनता दलको नेतृत्वमा रहेको महागठबन्धनले निर्वाचनमा अत्याधिक मत पाउने विश्लेषण गरिएको थियो। मंगलवारबाट मतगणना सुरु भएपछि भने एक्टिज पोलभन्दा फरक नतिजा आइरहेको छ।



    भारतीय मिडियाका अनुसार हाल सत्तारुढ जनता दल युनाइटेड र भारतीय जनता पार्टी लगायत दलको एनडीए गठबन्धन धेरै सिटहरुमा अघि रहेको छ। लालू यादवका छोरा एवंम पूर्व क्रिकेटर तेजेश्वी यसपटक मुख्यमन्त्री बन्ने तयारी गरिरहँदा मत परिणामले उनको पार्टीलाई धक्का दिएको बताइएको छ।

    यता, हिजोसम्म सुनसान बनेको बिजेपी र जनता दलको कार्यालयमा अहिले कार्यकर्ताहरुले विजय जुलुस निकाल्न सुरु गरेका छन्।

    हाल आइरहेको मतपरिणाम नै कायम राखेर बहुमत ल्याए एनडीएले नीतिश कुमारको नेतृत्वमा फेरि बिहारमा सरकार बनाउनेछन्। एक्जिट पोलमा देखिए जस्तै परिमाण आए भने तेजेश्वी मुख्यमन्त्री बन्ने पक्का रहेको भारतीय मिडियाहरुले जनाएका छन्।

    सन् २०१५ को चुनावमा राजद, जनता दल युनाइटेड (जदयु) र कांग्रेस मिलेर महागठबन्धन बनाई चुनाव लडेका थिए । त्यतिबेला यो गठबन्धनले १७८ सिट जितेको थियो । तर डेढ वर्षपछि नै नितिश कुमारको पार्टी जदयु अलग भएर भाजपासहितको एनडीए गठबन्धनमा जोडिएको थियो ।

    निर्वाचन आयोगका अनुसार यस पटकको चुनावमा ५७.०५ प्रतिशत मत खसेको छ, जुन सन् २०१५ मा भएको चुनावभन्दा ५६.६६ प्रतिशतले बढी हो ।

    बिहार विधानसभाको वर्तमान कार्यकाल आगामी २९ नोभेम्बरबाट सकिँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार