Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • काठमाडौं उपत्यकामा मात्र काेराेनाका २० हजार ‘एक्टिभ केस’

    काठमाडौं उपत्यकामा मात्र काेराेनाका २० हजार ‘एक्टिभ केस’

    अनलाइन नेपाल
  • सोमबार, २४ कार्तिक २०७७
  • 3K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा अहिलेसम्म ९० हजारमा कोरोना भाइरसको सङ्क्रमण मानिसमा देखिएको छ भने निको भएकाकाे सङ्ख्या घटाउँदा हाल २० हजार सक्रिय सङ्क्रमित देखिएका छन् ।

    देशभर एक लाख ९७ हजार २४ सङ्क्रमित हुँदा उपत्यकामा ९० हजार १५५ सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । यसमा, काठमाडौँ जिल्लामा ७३ हजार २०३ जना, भक्तपुरमा छ हजार ५९८ जना र ललितपुरमा १० हजार ३५४ जना रहेका छन् । आज मात्र उपत्यकामा एक हजार ४२८ जना सङ्क्रमित भएका छन् । तीमध्ये ६३० महिला र ७९८ पुरुष रहेका छन् ।



    देशभर ३६ हजार १७४ सक्रिय सङ्क्रमित हुँदा काठमाडौँ उपत्यकामा १९ हजार ३८४ जना रहेका छन् । काठमाडौँ जिल्लामा १५ हजार ९८२ जना, भक्तपुरमा एक हजार १४३ जना र ललितपुरमा दुई हजार २५९ जना सक्रिय सङक्रमित रहेका छन ।



    देशभर निको हुने एक लाख ५९ हजार ७२४ जना भएकामा उपत्यकामा मात्र ७० हजार ३५६ जना रहेका छन् । तीमध्ये काठमाडौँ जिल्लामा ५६ हजार ९४६, भक्तपुरमा पाँच हजार ३८३ र ललितपुरमा आठ हजार २७ जना निको भई घर फर्किएका छन् । देशभर कूल निको हुने दर ८१ प्रतिशत रहेको छ ।

    देशभर एक हजार १२६ जना सङ्क्रमणबाट निधन भएकोमा उपत्यकामात्र ४१५ जना रहेका छन । तीमध्ये काठमाडौँ जिल्लामा २७५ जना, भक्तपुरमा ७२ र ललितपुरमा ६८ जना रहेका छन् ।

    अहिलेसम्म काठमाडौँ जिल्लामा ११ हजार ६५१ जना, भक्तपुरमा एक हजार ८१४ जना र ललितपुरमा एक हजार ८३१ जना आइसोलेसनमा रहेका छन् ।

    अहिले देशभर ३६ हजार १७४ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये २९ हजार ८३६ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ४११ जनाको सघन उपचार कक्ष ९आईसीयू० र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर ९ सय ६७ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पीसीआर भएको छ ।

    देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरस ९कोभिड –१९० को सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार १७७ जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५१ महिला र १ हजार ५२० पुरुष गरी उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार