Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • नेकपाले बोलायो सचिवालय बैठक

    नेकपाले बोलायो सचिवालय बैठक

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाडौँ । सत्तारुढ नेकपाले बुधबार सचिवालय बैठक बोलाएको छ । बुधबार अपराह्न ४ बजेका लागि बैठक बोलाएको बालुवाटार स्रोतले बतायो।

    प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको भेटवार्तापछि बुधबार सचिवालय बैठक बोलाइएको हो ।



    बैठकमा विश्‍वव्यापी बनेकोप्राणघातक कोरोना भाइरस रोकथामका विषयमा छलफल हुनेछ । एक नेताका अनुसारराष्ट्रिय सभामा उपाध्यक्ष गौतमलाई पठाउने यसअघिको निर्णय, पार्टी एकताका बाँकी काम, एमसीसी कार्यदलको प्रतिवेदनबारे छलफल हुने सम्भावना छ ।



    त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्‍त्री ओली सरकारी निवास बालुवाटारमै आराम गरिरहेका छन्।फागुन १९ मा अस्पताल भर्ना भएका ओलीको २१ गते बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो। ओली फागुन ३० मा अस्पतालबाट डिस्चार्ज भएका थिए। ओली डिस्चार्ज भएको भोलिपल्ट अध्यक्ष दाहाल स्वास्थ्य अवस्था बुझ्न बालुवाटार पुगेका थिए। त्यसैदिन नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेललगायतले पनि ओलीलाई भेटेका थिए।

    यसअघि फागुन १४ को सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनीत हुने कोटामा राष्ट्रिय सभा पठाउन सरकारलाई सुझाव दिने निर्णय गरेको थियो। तर, निर्णय गरेको केही घण्टा बित्न नपाउँदै प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमान्ने बताएपछि नेकपामा विवाद छ।

    त्यसपछि फागुन १८ मा ओलीले मिर्गौला प्रत्यारोपणको जानकारी दिन सचिवालय बैठक बोलाएका थिए। त्यसदिन बैठकले अरु कुनै निर्णय गरेन।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार