Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • दाउदसँग धेरै भारतीय नेताहरूको सम्बन्धबारे खुलासा, प्रतिवेदन लुकाएर जोगाइयो

    दाउदसँग धेरै भारतीय नेताहरूको सम्बन्धबारे खुलासा, प्रतिवेदन लुकाएर जोगाइयो

    अनलाइन नेपाल
  • आइतबार, २३ कार्तिक २०७७
  • 3.7K
    SHARES

    नयाँ दिल्ली। मुम्बई बम धमकाका आरोपी अन्डरवर्ल्ड डन दाउद इब्राहिम र भारतीय नेताहरुबीचको सम्बन्धबारे  एक नयाँ खुलासा भएको छ।

    महाराष्ट्रमा राजनीतिक अराजकताबीच, २७ बर्ष पुरानो वोहरा समितिको प्रतिवेदन सार्वजनिक गर्न माग उठ्न थालेको छ। यस प्रतिवेदनमा दाउद इब्राहिमको साथ धेरै ठूला नेताहरूको सम्बन्धबारे उल्लेख गरिएको थियो ।



    भाजपा नेता अश्विनी उपाध्यायले यस प्रतिवेदनलाई सकेसम्म चाँडो सार्वजनिक गर्न केन्द्र सरकारसँग माग गरेका छन्।



    यो रिपोर्ट सार्वजनिक भएपछि धेरै ठूला नेताहरूले दाउद इब्राहिमसँगको  सम्बन्ध बाहिर आउने वताइएको छ।  यस कारणले गर्दा महाराष्ट्र सरकार पनि प्रभावित हुन सक्छ। उनले रिपोर्ट सार्वजनिक नभए सर्वोच्च अदालतमा जाने कुरा पनि बोलेका छन्।

    भाजपा नेता आशीनी उपाध्यायले २० मार्च १९९७ मा दिनेश त्रिवेदीको जनहित याचिकामा सर्वोच्च अदालतले वोहरा समितिको रिपोर्टमा केन्द्रीय सरकारलाई कारबाही गर्न निर्देशन दिएको कुरा उठाएका छन्।

    यसको बाबजुद वोहरा समितिको रिपोर्टमा न त कुनै कारवाही भयो न त सार्वजनिक गरियो।

    अश्विनी उपाध्यायले वोहरासमितिको रिपोर्टमा तुरुन्त कारबाही हुनु र यो जनताको लागि आबश्यक रहेको । उनले भने, ‘देश जान्न चाहन्छ कि दाउदसँग सम्बन्धित कति नेताहरू अहिलेसम्म लोकसभा, राज्यसभा र विधान सभामा पुगेका छन्?

    भाजपा नेता अश्विनी उपाध्यायले आईएएनलाई भने, ‘यदि केन्द्र सरकारले दिनेश त्रिवेदी मुद्दामा सर्वोच्च अदालतको आदेशको पालनामा वोहरा समितिको रिपोर्ट जनतासामु प्रकट गर्दैन भने म पीआईएल मार्फत सर्वोच्च अदालतको ढोका ढकढक्याउनेछु।’

    सन् १९९३ को मुम्बई बम विस्फोट पछि केन्द्रको तत्कालीन पीवी नरसिम्हा राव सरकारले गठन गरेको एनएन वोहरा समितिले प्रतिवेदन तयार गरेको थियो। समितिले पाँच अक्टुबर १९९३ मा यस प्रतिवेदनलाई सरकारमा पेश गर्‍यो। यो सय पृष्ठको प्रतिवेदनमा अन्डरवर्ल्डसँग धेरै नेताहरुको सम्बन्धको बारेमा जानकारी रहेको बताइएको छ।

    हालसम्म रिपोर्टको १२ पृष्ठ मात्र सार्वजनिक गरिएको छ। रिपोर्टको सबैभन्दा संवेदनशील अंश अहिलेसम्म सार्वजनिक गरिएको छैन।

    दाउद इब्राहिमसँग धेरै नेताहरूको सम्बन्धको विस्फोटक खुलासाका कारण तत्कालीन सरकारले सम्पूर्ण रिपोर्ट सार्वजनिक गर्न पछि हटेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार