Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • बिपी प्रतिष्ठान धनकुटामा थप एक काेराेना संक्रमितकाे मृत्यु

    बिपी प्रतिष्ठान धनकुटामा थप एक काेराेना संक्रमितकाे मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २३ कार्तिक २०७७
  • 2.2K
    SHARES

    फाइल तस्बिर

    धनकुटा । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा आज थप एकजना कोरोना सङक्रमितको मृत्यृ भएको छ ।

    यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ ।



    धनकुटा नगरपालिका–३, पाख्रीबासका ७२ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।



    यही कात्तिक २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा निकै समस्या भएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार