Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • कोरोनाको औषधिमा कालोबजारीः ५ हजार ६ सयको औषधि ४० हजारमा बिक्री

    कोरोनाको औषधिमा कालोबजारीः ५ हजार ६ सयको औषधि ४० हजारमा बिक्री

    अनलाइन नेपाल
  • आइतबार, २३ कार्तिक २०७७
  • 3K
    SHARES

    काठमाडौँ । आपतकालीन अवस्थामा कोरोना संक्रमितमा प्रयोग गर्न सरकारले अनुमति दिएको रेमडेसिभिर औषधिको कालोबजारी भएको पाइएको छ ।

    यसबारे छानबिन गर्न गठित समितिले रेमडेसिभिरको दुरुपयोग तथा कालोबजारी भएको औंल्याएको छ ।



    स्वास्थ्य मन्त्रालयले डा. विकास देवकोटाको संयोजकत्वमा गठित समितिले प्रतिवेदन स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई बुझाइसकेको छ ।



    समितिको सदस्यमा डा. रमेश खरेल र मन्त्रालयकै अर्का कर्मचारी पानबहादुर क्षेत्री थिए । स्वास्थ्य मन्त्रालयले रेमडेसिभिर दुरुपयोग भएको गुनासो आएपछि छानबिन समिति बनाएको थियो । आजको नागरिक दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार